Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जसपालाई उपेक्षा, अपमान र निषेध गर्ने हर्कत स्वीकार्य हुन्न

    गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गरौं : बाबुराम भट्टराई

    गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गरौं : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले नुवाकोटमा बसेको सत्तारुढ गठबन्धनको बैठकले जसपालाई उपेक्षा, अपमान र निषेध गर्न खोजेको टिप्पणी गरेका छन् ।

    सत्तारूढ पाँच दलले स्थानीय तह चुनावमा वडासम्म नै गठबन्धन गर्ने भने पनि नुवाकोटमा जनता समाजवादी पार्टी (जसपा) बिनै दलहरूको बैठक बसेर तालमेलको छलफल गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।



    चैत १८ मा नुवाकोटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बैठक बसेर चुनावी तालमेलको प्रारम्भिक छलफल गरेका थिए ।



    आइतबार राति ट्वीट गर्दै उनले यस्तो हर्कत स्वीकार्य नहुने बताएका छन् । उनले भनेका छन्,-‘जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न। गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गरौं। कुनै छलछाम नगरौं। राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौं !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार