Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • डिआईजीमा बढुवा हुन कारवाहीमा परेकादेखि जुनियर एसएसपीहरुको चलखेल , आईजीपी निरीह !

    डिआईजीमा बढुवा हुन कारवाहीमा परेकादेखि जुनियर एसएसपीहरुको चलखेल , आईजीपी निरीह !

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका तीन जना डीआईजीको एआईजीमा बढुवा  भएसँगै रिक्त डिआईजी पदमा बढुवा हुन एसएसपीहरुले चलखेल शुरु गरेका छन् । केही दिन अघि मात्र वसन्त पन्त, धिरज प्रताप सिंह र रवीन्द्र धानुकले एआईजीको फूली लगाएर कार्यभार शुरु गरिसकेका छन्।

    रिक्त तीन डिआईजी पदका लागि सिनियर एसएसपी हुँदा हुँदै जुनियरहरुले चलखेल बढाएपछि प्रहरी प्रधान कार्यालयदेखि गृहमन्त्रायसम्म हलचल मच्चिएको छ ।



    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएकाहरु अझै पनि एसएसपी नै रहेको अवस्थामा जुनियरहरुको चलखेल बढेको हो । क्षेत्रीसँगै भर्ना भएकाहरु राजेन्द्रप्रसाद चौधरी, प्रदीपकुमार श्रेष्ठ र नवराज भट्ट तथा आईजीपीको ब्याचमेट भन्दा पछाडि २०४९ चैत ११ मा भर्ना भएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, मसउद आलम खाँ पनि बढुवाको लविङमा छन् ।



    डिआईजी बढुवामा सिनियर र क्षमतावानलाई छुटाएर जुनियरलाई बढुवा गर्ने सम्भावना बढ्न थालेको छ । डिआईजीमा बढुवा हुन सबैभन्दा जुनियर एसएसपी अशोक सिंहले गृहमन्त्री बालकृष्ण खाँडलाई बालुवाटारमार्फत दबाब दिएको गृह स्रोत बताउँछ ।

    आचरण बिपरित काम गरेको खुलेपछि प्रहरी प्रधान कार्यालयले एसएसपी सिंहमाथि  कारवाहीको सिफारिस गरिसकेको छ। गृहले निर्णय गर्न बाँकी छ ।

    २०७७ वैशाखमा एसएसपीमा बढुवा भएका सिंह दुई वर्ष अघि एसएसपीमा बढुवा भएकाहरुलाई पछि पार्दै  डिआईजी बन्न खोजिरहेका छन् ।

    २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भएका अधिकृतहरु सन्दिप भण्डारी, टेकप्रसाद राई, श्याम ज्ञवाली, उमेशराज जोशी, रामदत्त जोशी, किरण बज्राचार्य, वसन्तबहादुर कुँवर, मीरा चौधरी थारु, बुद्धिराज गुरुङ, दीपक थापा, पोषराज पोखरेल र टेकबहादुर तामाङ पनि डिआईजी बन्न लविङमा छन् ।

    अहिले वढुवा भएको खण्डमा आगामी १२ महिनापछि आईजीपीमा प्रतिस्पर्धा गर्न सहज हुने भएका कारण यो व्याचबाट सर्वाधिक चलखेल बढेको हो।

    महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनमा निकासा भएको सरकारी पैसा हिनामिना गरेको आरोप लागेकी एसएसपी किरण बज्राचार्य पनि डिआईजी बन्न दौडधुप गरिरहेकी छन् । किरणविरुद्ध परेको उजुरी अहिलेपनि अख्तियारमा विचाराधिन छ ।

    त्यस्तै, डलर तस्करीमा पक्राउ परेका सुवास श्रेष्ठजस्ता खराब व्यक्तिसँग संगत रहेका सन्दिप भण्डारी , चेन अफ कमाण्डमा कमजोर मानिएका पोषराज पोखरेल र टेकबहादुर तामाङ पनि लविङमा छन् ।

    टेकप्रसाद राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको सोर्सफोर्समा डिआईजी हुने आशमा छन् । उमेशराज जोशी र रामदत्त जोशी भने सुदूरपश्चिमका भएकाले प्रधानमन्त्रीको आशिर्वाद पाउनेमा ढुक्क छन् ।

    त्यसैगरी, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भित्रिया भनेर चिनिएका भिम ढकाल सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत बढुवाका लागि चलखेल गरिरहेका छन् ।

    प्रहरीको सरुवा र बढुवामा अबकाशको मुखमा रहेका आईजीपी शैलेश थापा क्षेत्री निरीह मात्र बन्दै आएका छन् । किनकी गृहले गरेको निर्णयलाई उनले केही पनि प्रश्न गर्न सक्दैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार