Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • फेरि बढ्यो पेट्रोल, ग्यास र डिजेलको मूल्य, प्रतिलिटर कति ?

    फेरि बढ्यो पेट्रोल, ग्यास र डिजेलको मूल्य, प्रतिलिटर कति ?

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेपाल आयलग निगमले फेरि इन्धनको मूल्य बढाएको छ।

    निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो।



    निगमले मूल्य बढाएर पेट्रोलको प्रतिलिटर १६० रुपैयाँ पुर्याएको हो।



    त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पनि १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ। निगमले हवाइ इन्धन ९आन्तरिक० को प्रतिलिटर ५ रुपैयाँले बढाई १५६ रुपैयाँ पुर्याएको छ। हवाइ इन्धन ९अन्तर्राष्ट्रिय० तर्फ अमेरिकी डलर ५० ले वृद्धि गरी प्रतिकिलोलिटर १ हजार ५ सय ४५ कायम गरिएको छ।

    एलपी ग्यासको मूल्य पनि १६ सय प्रतिसिलिन्डर कायम गरिएको छ। निगमले पछिल्लोपटक गरेको मूल्य समायोजनपछि १ महिनाको अनुमानित घाटा ९ अर्ब २७ करोड हुने जनाएको छ। यो आवमा हालसम्म ३३ अर्ब हाराहारीमा नोक्सानी व्यहोरेको निगमको दाबी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार