Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नेपालले भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न पाउने

    नेपालले भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न पाउने

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालले थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न पाउने भएको छ ।

    ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिनुभएको हो ।



    भारतको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप ३ र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई त्यहाँको ‘डे अहेड’ मार्कोटमा प्रवेशको अनुमति दिएको हो ।



    १४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार