Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • सिन्धुपाल्चोकको जुगलमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना

    सिन्धुपाल्चोकको जुगलमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ गुम्बामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) गुम्बाको स्थापना गरिएको छ ।

    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार एक समारोहका बीच उक्त बिओपीको उद्घाटन गरेका हुन् ।



    सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण सिन्धुपाल्चोक मातहतमा स्थापना भएको सो बिओपीले सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामहरु गर्ने विश्वास गरिएको छ ।



    सदरमुकाम देखि करीव १ सय १४ किलोमिटरको दुरिमा नेपाल चीन सीमा नाकामा स्थापना गरिएको उक्त बिओपीले आजैबाट कार्य सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको सीमानाकामा सशस्त्र प्रहरीको परिचालन बढाउने नीति अनुरुप सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु स्थापना गर्दै लगिएको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार