Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • देशको अर्थतन्त्र धराशायी बनेको छैन, गलत हल्ला मात्रै फैलाइयो : मन्त्री झाँक्री

    देशको अर्थतन्त्र धराशायी बनेको छैन, गलत हल्ला मात्रै फैलाइयो : मन्त्री झाँक्री

    गभर्नरमाथि छानबिन आवश्यक छ

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको दावी गर्दै हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सृजना गरिएको बताएकी छिन्।

    उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताइन् । काठमाडौं आज विद्युतीय व्यवसायी संघको १२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने कार्य गलत भएको बताइन् ।



    उनले भनिन्–‘बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नु पर्ने अवस्था छैन ।’



    खाडी मुलुकमा भएको कच्चा तेलको मूल्य वृद्धि र रसिया युक्रेनबीचको युद्धका केही बाछिटाहरू नेपालको अर्थतन्त्रमा देखिएको बताउँदै यसबाट नआत्तिन सबैसँग आग्रह गरिन् ।

    अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने बताइन् ।

    कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेकोप्रति इंगित गर्दै मन्त्री झाँक्रीले सरकारका गम्भीर तथ्यांक र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गर्न जरुरी रहेको समेत बताइन् ।

    सरकारले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र गभर्नर अधिकारीबीचको सम्बन्ध बिग्रेको थियो । गभर्नर अधिकारी अर्थमन्त्रीका कारण अर्थतन्त्रमा संकट पैदा भएको भन्ने प्रकृतिका अभिव्यक्ति दिने गरेका थिए ।

    अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच केही समय अघिदेखि द्वन्द्व सुरु भएको थियो । वित्तीय प्रणालीमा देखिएको असन्तुलन र यसलाई समाधान गर्नको लागि ठोस कदम नचालेकै कारण अर्थमन्त्री शर्मा गभर्नर अधिकारीसँग रुष्ट थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार