Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • वैशाखमा निक्षेपको ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

    वैशाखमा निक्षेपको ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं  । बैंक तथा वित्तीय संस्थाले वैशाखमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् ।

    वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार निर्णय गरेको हो ।



    बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका छन् ।



    बाणिज्य बैंकहरुले गत फागुनमा मात्र निक्षेपको ब्याजदर बढाएका थिए । चैतमा भने निक्षेपको ब्याजदर स्थिर राखेका थिए ।

    चैतमाजस्तै वैशाखमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति भएको बैंकर्स संघले जनाएको छ ।

    अब वैशाख महिनाका लागि बैंकहरुले चैतकै ब्याजदर प्रकाशित गर्ने छन् । जसअनुसार वाणिज्य बैंकहरुको हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार