Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • निजी गाडी, मोबाइल, रक्सी, चुरोट लगायतमा एलसी नखोल्ने बैंकर्स संघको निर्णय

    निजी गाडी, मोबाइल, रक्सी, चुरोट लगायतमा एलसी नखोल्ने बैंकर्स संघको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । वाणिज्य बैंकहरुले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइल लगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने भएका छन् ।

    वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार यस्ता सामाग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो ।



    राष्ट्र बैंकले एक साताअघि अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो ।



    बैंकहरुले राष्ट्र बैंकको निर्देशनपछि गत साता नै गाडी लगायत कम आवश्यक र विलासिता वस्तुका लागि एलसी नखोल्न आफ्ना शाखाहरुलाई निर्देशन दिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार