Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • निवर्तमान मन्त्री तामाङको व्यङ्गे

    ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त !’

    ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त !’

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.4K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल २५ चैतमा चौथोपटक पुनर्गठन भयो । काँग्रेसलाई सरकारमा सहभागी गराउन एकीकृत समाजवादीले तीन मन्त्री र तीन राज्यमन्त्रीलाई फिर्ता बोलायो ।

    काँग्रेसका संसदीय दलका नेता रणबहादुर रावल र गोविन्द बोहरा मन्त्री नियुक्त भए भने टेकबहादुर रैका राज्यमन्त्री भए। यस्तै एकीकृत समाजवादीका अमर साउद र कुलविर चौधरीले पनि राज्यमन्त्रीको सपथ लिए ।



    एकीकृत समाजवादीले सााजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ तथा राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउद र माया तामाङ बोहरालाई फिर्ता बोलाएको थियो ।



    तर एकीकृत समाजवादीले मन्त्रीबाट फिर्ता बोलाएको दुई दिनपछि पूर्वमन्त्री तामाङले मन्त्रिपरिषद् पुनर्गठनबारे अनभिज्ञ भएको आशयको अभिव्यक्ति दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तस्विरसहित लेखेका छन्-‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त।’ एकीकृत समाजवादीको स्रोतका अनुसार मन्त्रीबाट फिर्ता बोलाएपछि तामाङ असन्तुष्ट छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार