Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • माधव नेपालले भने – अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँड हुन्छ

    माधव नेपालले भने – अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँड हुन्छ

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.5K
    SHARES

    पर्वत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट बाँडफाँड गरिने बताएका छन्।

    अध्यक्ष  नेपालले  २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँड गरिने बताए।



    समाजवादी प्रेस सङ्गठनले आज कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने दाबी गरे ।

    २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने नेपालको भनाइ छ ।

    अध्यक्ष नेपालले भने, ‘उम्मेद्वारबारे हामी छलफलमा रहेका छौँ, ११ गतेको मिति तोकिएकाले बैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेद्वार तय गरिन्छ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार