Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आईजीपी खनालले पाए अवकाश

    आईजीपी खनालले पाए अवकाश

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी)शैलेन्द्र खनालले अवकाश पाएका छन् ।

    चार वर्षे कार्यकाल पूरा गरेर महानिरीक्षक खनालले सोमबारबाट अवकाश पाएका हुन् । उनले अवकाश पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्व विहीन भएको छ ।



    खनाल २७ चैत २०७४ मा सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका थिए ।



    उनले अवकाश पाए पनि सरकारले नयाँ महानिरीक्षकको टुंगो लगाउन सकेको छैन ।

    सशस्त्र प्रहरीमा अब आउने नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुनेछ ।

    हाल एआईजी रहेका दुई जनामध्येबाट सरकारले एकजनालाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार