Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गैरकानुनी ढंगबाट अमेरिका गएका १० नेपाली निष्कासित, चार्टर विमानबाट काठमाडौं ल्याइयो

    गैरकानुनी ढंगबाट अमेरिका गएका १० नेपाली निष्कासित, चार्टर विमानबाट काठमाडौं ल्याइयो

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गैरकानुनी ढंगबाट अमेरिका गएका १० नेपालीलाई निष्काशन गरिएको छ । शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका उनीहरुलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको हो ।

    अमेरिकाको अध्यागमनले गैरकानुनीरुपमा छिरेका नेपालीहरु ध्रुब कुमार, राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा र शंकर विष्ट मगरलाई निष्काशन गरेको हो ।



    अमेरिकाको अध्यागमनले लुकीछिपी बस्दै आएका छिरिङ शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउले र बिराज केसीलाई समेत निष्काशन गरेको छ। आमागी दिनमा अमेरिका प्रवेश गर्न नपाउने गरी उनीहरुलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको हो।



    निष्काशित सबैलाई अमेरिकाले विमान चार्टर गरी केही दिनअघि काठमाडौं ल्याएको हो। गल्फ स्ट्रीम जहाजको भीएन७४०एसएस को उडानबाट अमेरिकाले उनीहरुलाई निष्काशन गरेको हो ।

    काठमाडौं उत्रिएपछि उनीहरुलाई प्रहरीको मानव बेचविखन अनुन्धान ब्युरोले विमानस्थलमा सोधपुछ गरेको छ । उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार