Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पाकिस्तानमा इमरान खानको पार्टीका १५५ सांसदले दिए सामूहिक राजीनामा

    पाकिस्तानमा इमरान खानको पार्टीका १५५ सांसदले दिए सामूहिक राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी ( पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरुले राजीनामा दिएका हुन ।

    नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा मतदान हुनु अगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका छन् । जनताको भावना विपरित विदेशीहरूको इसारामा आफूलाई हटाइएको भन्दै खानले आफूहरू अव संसद्मा बस्न नसक्ने बताएका हुन् ।



    विदेशीको इसारामा चल्ने राष्ट्रघाती संसद्हरू र राष्ट्रवादी आफ्नो पार्टीका संसद्हरू संसद्मा सँगै बस्न नसक्ने भएकाले राजीनामा दिनु परेको उनको भनाई छ ।



    उनले अव जनताको बीचमा गएर निर्वाचनबाट फेरि निर्वाचित भएर आउने अठोट पनि गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार