Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • उच्च रक्तचापका कारण प्रहरी हवल्दारको मृत्यु

    उच्च रक्तचापका कारण प्रहरी हवल्दारको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उच्च रक्तचापका कारण सहायक प्रहरी हवल्दार नारायण थापा मगरको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मनाङमा कार्यरत गोरखा घर भएका ३२ वर्षीय मगरको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो ।



    कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको जानकारी दिए।



    ड्युटीकै क्रममा थापालाई उच्च रक्तचाप भएपछि सोमबार साँझ उनलाई जिल्ला अस्पताल मनाङ लगिएको थियो।

    त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई लमजुङ सामुदायिक अस्पताल लगिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार