Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

    चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् ।

    राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ को सिफारिस र मन्त्रिपरिषद्को चैत २४ को सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम सेना परिचालन गर्न स्वीकृत दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



    निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न सेना परिचालन गरिने राष्ट्रपति कार्यालयले जनाएको छ ।



    यस्तै सरकारले चुनावमा नेपाल प्रहरी र त्यस अन्तर्गत १ लाख म्यादी प्रहरीका अलावा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय लिइसकेको छ । सेना परिचालनको पनि मार्ग खोलेर राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार