Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सुर्खेतमा २४ वर्षीया युवती सामूहिक बलात्कृत, एक जना पक्राउ

    सुर्खेतमा २४ वर्षीया युवती सामूहिक बलात्कृत, एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    सुर्खेत । सुर्खेतमा २४ वर्षीय युवती सामूहिक बलात्कृत भएकी छन् ।

    ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको गरेको छ ।



    पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ कालिका बस्ने ३१ वर्षीय सुग्रीव नेपाली रहेका छन् ।



    वीरेन्द्रनगर नगरपालिका–५ कालिका टोल नजिकैको जंगलमा सुग्रीव र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीवलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार रोशनको प्रहरीले खोजी तीव्र पारेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार