Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • जनमत पार्टीले गृहमन्त्रीलाई भन्यो ‘११ बुँदे सहमति सम्बोधन गरियोस्’

    जनमत पार्टीले गृहमन्त्रीलाई भन्यो ‘११ बुँदे सहमति सम्बोधन गरियोस्’

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग भएको ११ बुँदे सहमति र किसान आन्दोलनका क्रममा उठाएका माग पूरा गर्न आग्रह गरेको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर पार्टीका महासचिव चन्दन सिंहले सरकार र आफ्नो पार्टीबीच भएको सहमति पूरा कार्यान्वयन हुन ढिलाइ भएको बताएका थिए ।



    गृह मन्त्रालयमा बुधबार भएको भेटमा चुनाव पहिल्यै सहमतिमा उल्लेख गरिएका कुरा पूरा गराउन आग्रह गरेको सिंहले बताए ।



    सिंहले किसानका माग पनि पूरा गर्नका लागि सरकारसँग आग्रह गरेको बताए । जनमत पार्टीका अध्यक्ष सिके राउत र तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारबीच २०७५ फागुन २४ गते ११ बुँदे सहमति भएको थियो ।

    तराई क्षेत्रमा आन्दोलन गरिरहेको राउतको पार्टी त्यसपछि मूलधारको राजनीतिमा आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार