Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बलिउड अभिनेता सलमान खानका भाइ सोहेल काठमाडौंमा

    बलिउड अभिनेता सलमान खानका भाइ सोहेल काठमाडौंमा

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । ‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारी बुझ्न बलिउड अभिनेता सलमान खानका भाइ सोहेल खान काठमाडौं आएका छन् ।

    नेपाल वायुसेवा निगमको जहाजमा उनी बुधबार मुम्बईबाट काठमाडौं आएका हुन् ।



    उनी आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने दाइ सलमानको ‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारी के कस्तो छ भनेर बुझ्न काठमाडौं आएका हुन्।



    आयोजक ओडीसी इन्टरटेन्मेन्ट प्रालिका अनुसार आज दिउँसो १ बजे सोल्टी होटलमा आयोजना गरिने पत्रकार सम्मेलनमा सलमानका भाइ सोहेल सहभागी हुनेछन् र आजै साँझ भारत फर्किने छन्।

    जेठ १४ को कार्यक्रमका लागि अभिनेता सलमानसहित भारतीय कलाकार काठमाडौं आउने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार