Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भीम रावलको प्रश्न :के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?

    भीम रावलको प्रश्न :के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 966
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा चुनाव लड्न दिने एमालेको सहमतिमा आपत्ति जनाएका छन् ।

    रावलले आपत्ति जनाउँदै सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो भन्दै नेतृत्वसमक्ष प्रश्न गरेका हुन् ।



    बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै रावलले लेखेका छन् ‘विपरित सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?’ ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र !’



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार