Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आयोगले गण्डकीका सभामुख अधिकारीलाई भन्यो–’चुनाव खर्चबारे सात दिनभित्र स्पष्टीकरण दिनू’

    आयोगले गण्डकीका सभामुख अधिकारीलाई भन्यो–’चुनाव खर्चबारे सात दिनभित्र स्पष्टीकरण दिनू’

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई पनि स्पष्टीकरण सोधेको छ ।

    निर्वाचन महंगो हुँदै गएको जनाउँदै सभामुख अधिकारीले आफूले पनि गत निर्वाचनमा आयोगले तोकेभन्दा बढी खर्च गरेको बताएका थिए । सोही विषयलाई लिएर आयोगले सभामुख अधिकारीसँग स्पष्टीकरण मागेको हो ।



    आयोगलाई बुझाएको विवरणभन्दा बढी खर्च भएको भन्ने सभामुख अधिकारीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । आयोगमा बुझाएको विवरण ठीक हो वा होइन भनेर पनि प्रश्न गरेको छ ।



    निर्वाचन आयोग ऐनले तोकेभन्दा बढी खर्च गर्नेलाई कारबाही हुने व्यवस्थाका विषयमा पनि आयोगले सचेत गराएको छ।सभामुख अधिकारीलाई ७ दिनभित्र जवाफ दिन माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार