Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतमा कोरोना संक्रमण एक्कासि बढ्यो, चौथो लहरको संकेत

    भारतमा कोरोना संक्रमण एक्कासि बढ्यो, चौथो लहरको संकेत

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या एक्कासि बढेसँगै चौथो लहरको संकेत देखा परेको छ ।

    नोयडा र गाजियावादको विद्यालयका विद्यार्थीमा ठूलो संख्यामा कोरोना देखिएकाले यसलाई चौथो लहरको संकेतका रूपमा लिन सकिने विज्ञहरूले दाबी गरेका छन् ।



    यस्तै, दिल्लीमा पछिल्लो २४ घण्टामा थप २ सय ९९ मा संक्रमण देखा परेको छ । यो संख्या २ दिनअघिको तुलनामा १ सय १८ प्रतिशत बढी हो ।



    दिल्लीमा कोभिड संक्रमण दर शून्य दशमलव ५ प्रतिशतबाट बढेर २ दशमलव ७० प्रतिशत पुगेसँगै भारतको स्वास्थ्य मन्त्रालयले पुनः सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ ।

    विज्ञहरूले भारतमा जुन र जुलाई महिनामा कोरोनाको संक्रमण बढ्ने र सेप्टेम्बर महिनासम्म रहने अनुमान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार