Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • वैदेशिक रोजगार विभागले आजदेखि संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै दिने

    वैदेशिक रोजगार विभागले आजदेखि संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै दिने

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 2K
    SHARES

    काठमाडौं । आजबाट संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट मात्रै जारी गरिने भएको छ ।

    श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएको हो । वैदेशिक रोजगार विभागले गत माघ २ गतेदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।



    सरकारले श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट उपलब्ध गराउँदै आएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।



    अनलाइनबाट व्यक्तिगत र संस्थागत श्रम स्वीकृति प्रदान गर्न थालिएसँगै वैदेशिक रोजगार कार्यालयमा हुने भीडभाड हटेको छ । कुनै समय हजारौँको उपस्थिति हुने कार्यालय आजकाल सुनसान हुन थालेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार