Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • चीनको साङ्घाईमा कडा कोभिड लकडाउनले स्थिति नाजुक बन्दै

    चीनको साङ्घाईमा कडा कोभिड लकडाउनले स्थिति नाजुक बन्दै

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । चीनको साङ्घाईमा कडा कोभिड लकडाउन तेस्रो सातामा प्रवेश गर्ने क्रममा जबरजस्ती घरबाट निस्कने खोज्ने स्थानीय र प्रहरीबीच झडप भएको भिडियो सार्वजनिक भएको छ ।

    साङ्घाईका केही आवासीय क्षेत्रलाई क्वारेन्टाइन केन्द्रका रूपमा प्रयोग गरिएको छ । कोरोना भाइरससँगको पछिल्लो संघर्षको दौरान लाखौँ व्यक्ति घर भित्र थुनिएका छन् ।



    खाद्यान्नलगायतका अत्यावश्यक चिजहरू पनि अनलाइनमार्फत मगाइनुपर्ने नियम लागु गरिएको छ । भाइरस पोजिटिभ भेटिनासाथ सबैलाई क्वारेन्टाइनमा राखिने गरिएको छ ।



    तर, दिनहुँ २० हजार भन्दा बढी नयाँ संक्रमित भेटिने गरेकाले सरकारलाई क्वारेन्टाइनका लागि स्थानको अभाव हुन थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार