Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मुख्यमन्त्री पाण्डे भन्छन्-‘संविधान रक्षाका लागि गठबन्धन आवश्यक छ’

    मुख्यमन्त्री पाण्डे भन्छन्-‘संविधान रक्षाका लागि गठबन्धन आवश्यक छ’

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् ।

    नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको) द्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालको १६औं वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले संविधान, संघीयता र समावेशी लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन् ।



    ‘संविधान रक्षाका लागि लागेका दलहरू सँगसँगै अगाडि बढ्दै देशको विकासलाई अगाडि बढाउन गठबन्धन आवश्यक छ,’ उनले भने । प्रगितमनकारी दलहरूबीच हुन लागेको गठबन्धनले पाँच दलीय गठबन्धनलाई कुनै फरक नपर्ने उनको भनाइ थियो ।



    मनमोहन मेमोरियल अस्पतालका संस्थापक अध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डेले मनमोहन अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्नका लागि विदेशी लगानी भित्र्याउनुपर्ने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार