Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • जनकपुरमा पनि एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

    जनकपुरमा पनि एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले जनकपुरधाममा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर समितिले शनिबार स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको हो ।

    सो निर्णयसँगै सत्तारुढ दलबीच गठबन्धनको सम्भावना टरेको छ । २०७४ सालको निर्वाचनमा जनकपुरधाममा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित भएका थिए ।



    साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गरेका थिए । जसपाले पुनः उनलाई नै मेयरको उम्मेदवार बनाउन लबिङ गरिरहेको छ ।



    नगर सभापतिसमेत रहेका मनोज साहले उपमहानगरको २५ वटै वडाले गठबन्धन गर्न नहुने बताए । उनले कांग्रेसलाई मेयर र उपमेयर दिएमा गठबन्धन मान्ने अन्यथा नमान्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार