Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एसईई परीक्षाको तयारी अन्तिम चरणमा, आउँदो शुक्रवारदेखि सुरु हुने

    एसईई परीक्षाको तयारी अन्तिम चरणमा, आउँदो शुक्रवारदेखि सुरु हुने

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ ।

    पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।



    परीक्षाको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको छ ।



    ७ वटै प्रदेशमा सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार