Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बाबुराम र उपेन्द्रसँग प्रचण्डको भेटवार्ता, के के भए कुराकानी ?

    बाबुराम र उपेन्द्रसँग प्रचण्डको भेटवार्ता, के के भए कुराकानी ?

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

    आइतवार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ३ नेताबीच सामूहिक रुपमा छलफल भएको हो ।



    सत्तारूढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूबीच बसेको बैठकले सबै स्थानीय तहमा तालमेलबारे सहमति जुटाउन असम्भव देखिएपछि प्रचण्डले छलफलका लागि अध्यक्षद्वय भट्टराई र यादवलाई बोलाएका हुन् ।



    भेटपछि जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए । तर श्रोतले भने स्थानीय तहको निर्वाचनमा तालमेलको विषयमा उनीहरुबीच छलफल भएको जनाएको छ ।

    महानगर र उपमहानगरमा तालमेलका लागि रामचन्द्र पौडेल नेतृत्वको कार्यदल बसेपछि नेतात्रयबीच पुनः छलफल गर्ने सहमति बनेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार