Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • राजस्व चुहावट गरेको आरोपमा ६ जनाविरूद्ध ४२ करोडको मुद्दा दायर

    राजस्व चुहावट गरेको आरोपमा ६ जनाविरूद्ध ४२ करोडको मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राजस्व अनुसन्धान विभागले छ जनाविरूद्ध ४२ करोड बढी बिगो र जरिवाना माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले ४२ करोड ४ लाख ७६ हजार ७४६ रुपैयाँ बराबरको राजश्व चुवाहट गरेको भन्दै मुद्दा दायर गरेको हो ।

    पर्सा वीरगन्ज महानगरपालिका-२८ का रामेश्वर पण्डित भन्ने रामेश्वर तिवारी, काभ्रे पाँचखाल नगरपालिका-४ का ३१ वर्षीय श्यामबहादुर श्रेष्ठ, गुल्मीका विष्णु एन्ड विकेश सप्लायर्सका प्रोप्राइटर ४२ वर्षीय विष्णुप्रसाद घिमिरे,‍ कारोबार हेर्ने व्यक्ति तथा रमाशंकर गुप्ता र ४२ वर्षीय मनोज साह कलवार छन् ।



    त्यस्तै काठमाडौं महानगरपालिका-१३ ताहचल बस्ने भारतीय नागरिक विमला इन्टरनेशनलको कारोबार हेर्दै आएका ३२ वर्षीय अमितकुमार अग्रवाल छन् । उनीहरूमाथि राजस्व चुहावट गर्ने मनसायले भन्सार चोरी पैठारी गरी भारतीय कपडा लगायतका मालवस्तुहरू काठमाडौंमा ल्याएर बेचेको आरोप छ ।



    विभागले उनीहरूविरूद्ध बिगो र त्यसको शतप्रतिशत जरिवाना हुनेगरी जम्मा २२ करोड ९५ हजार ४३० रुपैयाँ जरिवाना र कैद सजायको माग गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार