Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ४१ अंकले ओरालो लाग्यो नेप्से

    ४१ अंकले ओरालो लाग्यो नेप्से

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ ।

    नेप्से परिसूचक ४१.७७ अंकले घटेर २३ सय ४३.८७ बिन्दुमा आइपुगेको छ ।



    सोमबार २२९ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा १८२ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य बढेको र २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।



    सोमबार कारोबारमा आएका १३ वटै उपसूचक नकारात्मक रह्यो । सोमबार ३८ लाख ७६ हजार ३०२ कित्ता सेयर ३१ हजार ८२५ पटक करोबार हुँदा कुल कारोबार रकम भने आइतबार भन्दा बढेर एक अर्ब ५३ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

    सोमबार सबै भन्दा धेरै कारोबार हुने कम्पनी नबिल बैंक रह्यो । ४९ करोड ६२३ लाख रुपैयाँ बराबरको कम्पनीको सेयर दोस्रो बजारमा धेरै खरिद बिक्री भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार