Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एसपी राठौरले सम्हाले कैलाली प्रहरीको कमाण्ड

    एसपी राठौरले सम्हाले कैलाली प्रहरीको कमाण्ड

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 2.4K
    SHARES

    धनगढी । सोमबारदेखि कैलाली प्रहरीको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले सम्हालेका छन् ।

    कैलालीका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीको काज सरुवा गर्दै प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा राठौरलाई पठाएको हो ।



    एसपी राठौरले कैलाली पुगेर सोमबारदेखि नै जिल्लाको कमाण्ड सम्हालेका हुन् । एसपी राठौरलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डीएसपी वेदप्रकाश जोशी लगायत अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरे ।



    यस्तै आज मात्रै प्रमुखको पदभार ग्रहण गरेका राठौरले कार्यालयको निरिक्षण गरेका थिए । भने कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार