Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • वीरको १० करोडको क्याथ ल्याव खरिदमा ठेकेदार पण्डितको चलखेल, डा. समिर पनि मुछिए

    वीरको १० करोडको क्याथ ल्याव खरिदमा ठेकेदार पण्डितको चलखेल, डा. समिर पनि मुछिए

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान हाल हाल कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) ले क्याथ ल्याव खरिद गर्नका लागि आह्वान गरेको १० कराेडकाे टेण्डरमा करोडौंको आर्थिक चलखेल भएको आशंका गरिएको छ ।

    अस्पतालले चैत ७ गते फिलिप्स कम्मनीलाई मात्र मिल्ने गरी स्पेक बनाए सूचना प्रकाशति गरेको थियो । सोही दिन आह्वान भएको टेण्डरमा वीर अस्पतालका मुटुरोग विषेशज्ञ डा. समिर पौडेलले सम्बन्धित विभाग र अस्पताल प्रशासनसँग समन्वय नै नगरी फिलिप्स कम्मनीलाई मात्र मिल्ने गरी स्पेक बनाएको खुल्न आएको छ ।



    क्याथ ल्यावकाे टेण्डरमा भाग लिनका लागि अस्पतालभित्र अन्य सप्लायर्स कम्पनीहरुले कुरा उठाएपनि डा. समिरले भने उनीहरुको गुनासो नसुनेको व्यापारीहरुले बताएका छन् ।



    मेडिकल माफियाको रूपमा चिनिएका विशाल पण्डितको कम्मनी हस्पिटेक इन्टरप्राइजेजसँग मात्र मिल्ने स्पेक बनाइएको भन्दै व्यापारीहरुले विरोध जनाएका हुन् । व्यापारीहरुले हस्पिटेकले मात्रै सहभागी हुन पाउने गरी टेण्डर आब्हान हुँदा मुटुरोगमा प्रयोग हुने उपकरण नै गुणस्तरहिन आउन सक्ने भन्दै विरोध गरिरहेका छन् ।

    बैशाख ४ गते आइतबार वीर अस्पतालमा भएको प्रि विड मिटिङमा अन्य कम्पनीहरु र बायोमेडिकल इन्जिनियरहरुले एउटा कम्पनीसँगमात्र मिल्ने गरी स्पेक बनाइएको भन्दै विरोध गरेका थिए । उनीहरुले सूचनामा उल्लेख भएका बुँदाहरु सच्याउन समेत अस्पताल प्रशासनसँग माग गरेका छन् ।

    बैशाख २२ गते भित्र बुझाउन भनिएको उक्त सूचनामा क्याथ ल्यावको स्पेक हुबहु फिलिप्स हेल्थ केयरको चाइनामा उत्पादित सामानसँगमात्रै मिल्छ । नेपालका लागि फिलिप्सको आधिकारीक विक्रेता विशाल पण्डित हुन् । उनै पण्डितसँग मिलेर डा. समिरले ठूलो आर्थिक चलखेल गरी स्पेक बनाएको समेत व्यपारीहरुको आरोप छ ।

    उक्त स्पेकको बुँदा नम्बर २.२, ४.१, ५.१, ५.४, ५.६, ५.७ ५.८, ६.१ र ७.१ लाई संसोधन गर्नुपर्ने पनि व्यापारीहरुको माग छ । ब्यापारीहरुले कम्तिमा टेण्डरमा भाग लिने वातावरण मिलाइदिन अस्पताल प्रशासनसँग माग गरेका छन् । यदि त्यसो हुन नसकेको खण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी हाल्ने तयारीमा उनीहरु रहेका छन् ।

    पण्डितले स्वास्थ्य मन्त्रालयदेखि प्रतिष्ठासम्म आर्थिक चलखेल गरी काम गर्दै आइरहेका छन् । स्वास्थ्यका अधिकांश टेण्डरमा उनको हालीमुहाली हुँदै आएको छ । पण्डितले स्वास्थ्यसचिवदेखि मन्त्रीसम्मलाई सेटिङ मिलाइसकेको हुँदा कसैले केही गर्न नसक्ने भन्दै आफ्नो अडानमा रहन डा. समिरलाई आश्वस्त पारेको मन्त्रालय स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार