Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • चीनमा फेरी बढ्यो कोरोना संक्रमण

    चीनमा फेरी बढ्यो कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.6K
    SHARES

    एजेन्सी । चीनमा पछिल्लो केही दिनयता कोरोनाभाइरसका संक्रमितको संख्या बढ्न थालेको छ ।

    पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्र ३ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।



    सोमबारको तथ्यांक अनुसार यहाँ ३ हजार २९७ जना कोरोना संक्रमित देखिएका हुन् । ती मध्ये सबैभन्दा धेरै सांघाइ सहरमा पाइएको बताइएको छ । चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएका मध्येका ३ हजार ८४ जना सांघाइकै रहेका बताएको छ । यहाँ पछिल्लो समयमा सांघाइमा कोरोनाको संक्रमण बढेको छ ।



    त्यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ । सो कमिसनका अनुसार चीनभित्रै संक्रमित भएका व्यक्ति भेटिएका हुन् । यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यी सहरहरुमध्ये सबैभन्दा बढी अहिले सांघाइमा भेटिएका छन् ।

    चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार