Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • रुपन्देहीका तत्कालीन प्रदेश सचिव सहित ४ जना विरुद्ध भ्रष्टाचार आरोप पत्र दायर

    रुपन्देहीका तत्कालीन प्रदेश सचिव सहित ४ जना विरुद्ध भ्रष्टाचार आरोप पत्र दायर

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.8K
    SHARES

    फाइल फोटो

    बुटबल । रुपन्देहीका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी सहित ४ जना विरुद्ध भ्रष्टाचार गरेको आरोप पत्र दायर भएको छ ।

    तत्कालीन प्रदेश सचिव अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।



    उनिहरुविरुद्ध रूपन्देहीको कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत २०७५र०७६ मा किसानहरुलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलव्ध गराउने भन्दै फारम भर्न लगाएर सोही अनुसार रकम लिएको र मिनी टिलर तथा अन्य यन्त्र उपकरण सबै चाइनिज कम्पनीको वितरण गरी अनियमितता गरेको भन्ने उजुरी परेको थियो ।



    अनुसन्धानको क्रममा सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले कागजात अध्ययन र स्थलगत अनुगमन नगरीरनगराई भुक्तानी दिने सम्बन्धी टिप्पणी सदर गरी ७ वटा मिनि टिलरको ६ लाख २२ हजार बराबरको झुट्ठा बिल भर्पाइ गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकोे छ ।

    अख्तियारले उनिहरुलाई ४३ लाख ३७ हजार बराबरको बिगो माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार