Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल

    पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1K
    SHARES

    एजेन्सी । पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ ।

    पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन् ।



    पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन् ।



    राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर सपथ गराइएको हो । प्रधानमन्त्री शरिफ यही अप्रिल ११ मा निर्वाचित भएका थिए ।

    पाकिस्तानमा तत्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका थिए ।

    त्यसपछि विपक्षी गठवन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदबार बनेका शरिफ संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनलाई गठवन्धनका अन्य दलहरुको पनि समर्थन रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार