Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • निर्वाचनको ७२ घन्टा अघिदेखि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय

    निर्वाचनको ७२ घन्टा अघिदेखि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्थानीय तह निर्वाचन हुनु ७२ घन्टाअघिदेखि नेपाल–भारत सीमा बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ ।

    भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुबै देशका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घन्टा (तीन दिन) अगाडिबाट सीमा-नाका बन्द गर्ने निर्णय गरेको हो।



    खुला सीमा(नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले तीन दिनअगाडिदेखि सीमा-नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।



    बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रण लगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए।

    बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले गरेका थिए भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अमित कुमारले गरेका थिए ।

    उक्त बैठकमा प्रजिअ पौडेलसहित सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल लगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । -रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार