Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पाकिस्तानमा आगलागी : ५० घर जले, कम्तीमा ९ जनाको मृत्यु

    पाकिस्तानमा आगलागी : ५० घर जले, कम्तीमा ९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1.6K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

    मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।



    आगलागीबाट ५० घरमा क्षति भएको छ । घाइते भएकाहरुलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् ।



    घरको भान्साबाट हुरिका कारण फैलिएको आगोले गाउँ नै डढाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

    मृत्यु भएका सबै बालबालिका रहेका छन् । स्थानीय समयानुसार मङ्गलबार राती ९ बजे आगलागी सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार