Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • जनकपुरधाममा गठबन्धनको निर्णयविरुद्ध कांग्रेस कार्यकर्ताद्धारा प्रदर्शन

    जनकपुरधाममा गठबन्धनको निर्णयविरुद्ध कांग्रेस कार्यकर्ताद्धारा प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । जनकपुरधाममा सत्ता गठबन्धनको विरोध गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

    बुधबार सत्ता गठबन्धनको बैठकले उपमहानगरपालिकाको भागबण्डामा टुंगो लगाएपछि जनकपुरधाममा कांग्रेसका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।



    सत्तारूढ पाँच दलबीच जनकपुरधामको नेतृत्व जसपालाई दिने निर्णयपछि कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएका हुन् ।



    जनकपुरधामको विद्यापति चोकमा टायर बालेर नेपाली कांग्रेसका कार्यकर्ताहरुले गठबन्धनको विरोधमा प्रदर्शन गरेका हुन्। कार्यकर्ताको भावनासँग खेलवाड गरिएको भन्दै उनीहरुले सभापति शेरबहादुर देउवा र गठबन्धनविरुद्ध नारावाजी गरेका छन्।

    यस्तै जनकपुरधाम उपमहानगरपालिकाका मेयर जनता समाजवादी पार्टी (जसपा) ले पाउने भनी केन्द्रीय गठबन्धनले गरेको निर्णय नमान्ने कांग्रेस नगर सभापति मनोज साहले चेतावनी दिएका छन् । ‘मधेसमा नेपाली कांग्रेसलाई समाप्त पार्ने यो रणनीति हो’, उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार