Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सशस्त्र प्रहरी महानिरीक्षक केसीद्धारा दर्ज्यानी चिन्ह प्रदान

    सशस्त्र प्रहरी महानिरीक्षक केसीद्धारा दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 2K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी उपरीक्षक पदबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका सात जना बरिष्ठ अधिकृतहरुलाई दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक के.सीले पदोन्नती भएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई शुभकामना दिँदै संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गरी शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पुर्‍याएको योगदानको कदर स्वरुप पदोन्नती प्राप्तभएको उल्लेख गर्दै दर्जासँगै प्राप्तभएको जिम्मेवारी निर्वाहमा अझ बढि क्रियाशिल रहँदै कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।



    नेपाल सरकार माननीय गृहमन्त्री स्तरको बैशाख ६ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर जोशी र डा. सुरेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फ ई. प्रमोद कुमार साहलाई कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा मुकर्रर गरेको हो ।

    त्यसैगरी सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमुहतर्फ उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन तथा सशस्त्र प्रहरी सेवा, साधारण समुह, कानून उपसमुहतर्फ युवराज अर्याल कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा मुकर्रर भएका थिए ।

    समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार