Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चीनले गर्‍यो सोलोमन आईसल्याण्डसँग सुरक्षा सम्झौता

    चीनले गर्‍यो सोलोमन आईसल्याण्डसँग सुरक्षा सम्झौता

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । चीनले सोलोमन आईसल्याण्डसँग सुरक्षा सम्झौता गरेको छ । दुई देशबीच यसै हप्ता सुरक्षा सम्झौतामा हस्ताक्षर भएपछि अस्ट्रेलिया, न्यूजिल्यान्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् ।

    सम्झौताका सर्तहरु सार्वजनिक भएका छैनन् । तर सम्झौतामा चिनियाँ युद्धपोत सोलोमन आईसल्याण्डमा तैनाथ गर्न अनुमति दिइने र शान्ति कायम राख्ने सहयोग आवश्यक भएमा चीनले सुरक्षा फौज पठाउन सक्ने उल्लेख गरिएको अस्ट्रेलियाको दाबी छ ।



    यसअघि चीनसँगको सम्झौता रोक्न अस्ट्रेलिया सरकारले गरेको प्रयासमा सोलोमन आईसल्याण्डले अस्वीकार गरेको थियो । अस्ट्रेलिया सोलोमन आईसल्याण्डको सबैभन्दा ठूलो दातृराष्ट्र हो ।



    सोलोमन आईसल्याण्डका प्रधानमन्त्री मुनासे सोगुभारेले यो सम्झौताले प्रशान्त क्षेत्रको शान्ति र सद्भाव नबिथोल्ने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार