Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या दुई पुग्यो

    सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या दुई पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.6K
    SHARES

    ललितपुर । ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। घटनामा ५ जना घाइते भएका छन् ।

    ललितपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको बताए ।



    घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको भनाइ छ। घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ।



    विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर औधोगिक क्षेत्रमा रहेको छ। विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो। सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ।

    यसैबीच गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोट घटनाको छानबिन गर्न निर्देशन दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार