Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • खडक नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल

    खडक नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.7K
    SHARES

    सप्तरी  । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गर्ने भएको छ । बिहीबार यी दुई दलबीच चुनावमा तालमेल गर्ने सहमति भएको हो ।

    सहमति अनुसार नेकपा माओवादी केन्द्रका नेता जयप्रकाश चौधरी मेयर तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता शत्रुद्यन आजादलाई उप मेयरको उम्मेदवार बनाइनेछ ।सहमति अनुसार नेकपा माओवादी केन्द्रले वडा नम्बर १, २, ६, ८ र १० तथा नेकपा एकीकृत समाजवादीले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडा अध्यक्षको उम्मेदवारी दिने निर्णय भएको छ । वडा नम्बर ३ र ९ मा भने छुट्टा–छुट्टै उम्मेदवारी दिने निर्णय भएको छ ।



    नेकपा माओवादी केन्द्र खडक नगर कमिटीका अध्यक्ष समेत रहेका जय प्रकाश चौधरी र नेपाल एकीकृत समाजवादीका नगर अध्यक्ष विजय कुमार साहले विहीबार संयुत्तः रुपमा जारी गरेको विज्ञप्तिमा तालमेल भएको उल्लेख गरीएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार