Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अक्सिजन प्लान्ट विस्फोटमा परि ज्यान गुमाउनेको संख्या २ पुग्यो

    अक्सिजन प्लान्ट विस्फोटमा परि ज्यान गुमाउनेको संख्या २ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.2K
    SHARES

    ललितपुर । ललितपुरको अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

    पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको हो ।



    बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट हुँदा भारत, पश्चिम चम्पारणका ४५ वर्षीय बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो ।



    अर्का भारत घर भइ हाल ललितपुर महानगरपालिका–१८ बस्ने २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

    विस्फोटमा अन्य चार जना घाइते भएका थिए ।अन्य घाइतेहरु भने उपचार गरेर फर्किसकेका छन् । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार