Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • विस्तारै बढ्दैछ कोरोना, १५ जना संक्रमित थपिदा ३२ जना संक्रमणमुक्त

    विस्तारै बढ्दैछ कोरोना, १५ जना संक्रमित थपिदा ३२ जना संक्रमणमुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । छिमेकी मुलुन चीन र भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा पनि विस्तारै संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जवकी यसअघि बुधबार र मंगलबार क्रमशः १३ र १० जना संक्रमित थपिएका थिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८३ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ४६४ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा कोरोनाबाट ३२ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ४५६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २९८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २९५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।



    बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८७५ पुगेको छ । कोरोनका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार