Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • चुनाव लड्न २० शिक्षकले दिए राजीनामा

    चुनाव लड्न २० शिक्षकले दिए राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.8K
    SHARES

    काठमाडौँ । वैशाख ३० मा हुने स्थानीयत हको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् ।

    स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै २० जना शिक्षकले जागिरबाट राजीनामा दिएकाे शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले बताए।



    देवि आधारभुत विद्यालय मानेभञ्ज्याङ, कालिका आधारभुत विद्यालय आहाले, सरस्वती आधारभुत विद्यालय रावादोलु, जेसे माध्यमिक विद्यालय पात्ले, बालज्योती माध्यमिक विद्यालय चित्रे र जन्तरखानी माध्यमिक विद्यालय जन्तरखानका शिक्षकहरूले दिएकाे राजीनामा स्वीकृत भएको ईकाइ प्रमुख गजुरलले जानकारी दिए।



    यस्तै हिमगंगा माध्यमिक विद्यालय रावादोलु, हर्कपुर माध्यमिक विद्यालय मानेभञ्ज्याङ, कालिका आधारभुत विद्यालय चुहानछाप र कालिका आधारभुत विद्यालयका भालुथुम्काका शिक्षकहरूले दिएकाे राजीनामा पनि स्वीकृत भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार