Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • उपकार लघुवित्तको आईपीओ बाँडफाँड

    उपकार लघुवित्तको आईपीओ बाँडफाँड

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको छ ।

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज सेयर बाँडफाँड गरिएको हो ।



    कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अङ्कित मूल्यमा दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

    बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा दुई हजार ४०६ जनाको आवेदन रद्द भई बाँकी २३ लाख ४९ हजार ५६ योग्य आवेदकमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ।

    बाँडफाँडमा बाँकी छ कित्ता सेयर १० कित्ताभन्दा धेरै आवेदन दिनेलाई थप एकएक कित्ताका दरले छ जनालाई बाँडिएकोे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार