Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल, चेल्सी र बर्नली विजयी

    इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल, चेल्सी र बर्नली विजयी

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.9K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । गएराति भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले हराउँदै लिभरपुल विजयी भएको छ ।

    यो जितसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी एकमा झारेको छ । म्यानचेस्टर सिटी ८० अङ्कका साथ शीर्ष स्थानमा छ भने लिभरपुल ७९ अङ्कका साथ दोस्रो स्थानमा छ ।



    घरेलु मैदानमा लिभरपुललाई जिताउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एकरएक गोल गरे ।



    यस्तै, गएराति नै भएका अरु खेलमा चेल्सी र बर्नली विजयी भएका छन् भने ब्राइटन र साउथह्याम्टनले दुई/दुई गोलको बराबरी खेलेका छन् ।

    चेल्सीले वेस्ट ह्यामलाई र बर्नलीले वुल्भ्स्लाई १–० गोल अन्तरले पराजित गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार