Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • माओवादीले केन्द्रबाट किन गरेन चुनावी घोषणापत्र सार्वजनिक ?

    माओवादीले केन्द्रबाट किन गरेन चुनावी घोषणापत्र सार्वजनिक ?

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि अधिकांश ठूला पार्टीले घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । तर नेकपा माओवादी केन्द्रले भने केन्द्रबाट घोषणा पत्र सार्वजनिक नगर्ने बताएकाे छ ।

    माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । त्यही अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने माओवादी केन्द्रका नेता हरिबोल गजुरेल बताउँछन् ।



    माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले पनि स्थानीय तहले अपिललाई मार्गदर्शन मानेर घोषणा पत्र बनाउने बताए । ढकालले स्थानीयस्तरबाटै घोषणा पत्र बनाउन स्थानीय कमिटीलाई अधिकार दिइएको जानकारी दिए ।



    माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गर्नेजस्ता नीतिगत विषय समेटिएका छन् । ती नीति अन्तर्गत नै रहेर माओवादीका कमिटीहरुले घोषणा पत्र बनाउने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार