Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • शेयर बजार दोहोरो अंकले घट्यो

    शेयर बजार दोहोरो अंकले घट्यो

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं  । सोमबार शेयर बजार फेरी दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज ३४.९५ अंकले घटेर २३८६.०१ को बिन्दुमा झरेको छ ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २३९ स्टकको ४६ हजार ४०१ पटकको कारोबारमा २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको ५० लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।



    सोमबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ।



    कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ११ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

    त्यस्तै, यस दिन शिवम् सिमेन्ट्स र हिमालयन डिष्टिलरीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार