Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ४७ सयको कोरोना परिक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि

    ४७ सयको कोरोना परिक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं ।पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७७५ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो ।



    यस्तै पछिल्लो २४ घण्टामा १७ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६६ हजार ५४० पुगेको छ ।



    पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५१ जनाको ज्यान गुमाइसकेका छन् ।

    नेपालमा अहिले २७१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

    यस्तै, पछिल्लो २४ घण्टामा १ लाख २३ हजार २१० जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार