Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मकवानपुरमा प्रमुख पदमा ३ जना महिलाको उम्मेदवारी

मकवानपुर । गठबन्धन दल र नेकपा एमालेले पालिकाहरुको प्रमुख पदमा एक÷एकजना महिला उम्मेदवारको मनोनयन दर्ता गराएसँगै प्रमुख पदमा उम्मदेवारी दिने महिलाको सङ्ख्या तीन पुगेको छ ।

हेटौँडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा समाजवादीकी मीना लामाको उम्मेदवारी दर्ता भएको छ भने नेकपा एमाले बकैया गाउँपालिकामा सरला बोलखेको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी बकैया गाउँपालिकाबाट नै नेकपा माओवादी केन्द्रले लक्ष्मी माझीको उम्मेदवारी दर्ता गराएसँगै मकवानपुरमा तीनजना महिलाहरु प्रमुख पदका उम्मेदवार बनेका हुन् ।

बकैया गाउँपालिककी अध्यक्ष उम्मेदवार बन्नुभएकी माझीबाहेक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुईजना नै सोही पालिकामा स्थानीय निर्वाचन २०७४ मा उपप्रमुख पद जितेका थिए।

यसैगरी नेकपा एमालेले मनहरि गाउँपालिकामा २५ वर्षीया सुजिता थिङको उम्मेदवारी दर्ता गराएको छ ।

उक्त उम्मेदवारी दर्तासँगै थिङ कान्छी महिला उम्मेदवारका रुपमा चर्चामा आएकी छिन्। मकवानपुरको तीनवटा पालिकामा सहमति नजुटेपछि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा दलहरुले आ आफ्नो उम्मेदवार दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077